हङकङमा ९० वर्षकी वृद्धाबाट ठगले लुटे ३ करोड २० लाख अमेरिकी डलर

हङकङमा ९० वर्षकी वृद्धाबाट ठगले लुटे ३ करोड २० लाख अमेरिकी डलर

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १०:४१,

चिनियाँ सरकारी अधिकारी हौं भन्दै उनीहरुले वृद्धाबाट ३ करोड २० लाख अमेरिकी डलर लुटेको बीबीसीले जनाएको छ।

ठगहरुले वृद्धालाई आफूहरु चीनमा आपराधिक घटनामा अनुसन्धान गरिरहेको व्यक्ति भएको बताएका थिए।

वृद्धाको परिचय चीनमा प्रयोग गरिएको भन्दै उनीहरुले अनुसन्धानमा सहयोग गर्ने बताउँदै वृद्धालाई ११ पटक पैसा जम्मा गर्न लगाएका थिए।

अहिलेसम्म प्रहरीले १९ वर्षका युवालाई गिरफ्तार गरेको छ। उनलाई जमानतमा छाडिएको छ।

गत अगष्टदेखि यसवर्षको जनवरीसम्म उनलाई ठगहरुले त्रासमा राखेर रकम असुली गरेका थिए।

ती वृद्ध धनाढ्न महिला भएको र उनी एक्लै कामदारहरु सँग बस्दै आएकी थिइन्।

वृद्धाको अवस्थामा परिवर्तन आएपछि एक कामदारले वृद्धाकी छोरीलाई जानकारी दिएकी थिइन्।

त्यसपछि यो ठगीको मामिला सार्वजनिक भएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .