हङकङमा कोरोना खोप लगाउने अर्का एक व्यक्तिको मृत्यु, हालसम्म १४ को ज्यान गइसक्यो

हङकङमा कोरोना खोप लगाउने अर्का एक व्यक्तिको मृत्यु, हालसम्म १४ को ज्यान गइसक्यो

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:२३,

एससीएमपीका अनुसार सिनोभ्याकको खोप लगाउने ६२ वर्षका व्यक्तिको खोप लगाएको २५ दिनपछि मृत्यु भएको हो।

आइतबार हङकङका मुख्य सचिव म्याथ्यु चिउङ किन–चुङले ती व्यक्तिमा खोप लगाएपछि उच्च रक्तचापको समस्या देखिएको बताए। शुक्रबार मृत्यु भएका उनमा सास फेर्नसमेत गाह्रो भएको थियो।

अन्ततः हृदयघात भएपछि उनको पोक ओइ अस्पतालमा मृत्यु भएको हो।

यससँगै हङकङमा कोरोनाविरुद्धको खोप लगाउने १४ जना व्यक्तिको मृत्यु भइसकेको छ।

हालसम्म हङकङमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ५०८ पुगिसकेको छ। संक्रमितमध्ये २०५ को भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .