१६ जना संक्रमित थपिँदा एक संक्रमित स्थानीय संक्रमितबाटै संक्रमणको शिकार भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
३२ वर्षका ती पुरुषको भ्रमणको इतिहास नदेखिएको र उनलाई कोबाट संक्रमण भयो भनेर पनि पत्ता लगाउन सकिएको छैन।
यससँगै हङकङमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ५२४ पुगेको छ। कोरोनाले त्यहाँ २०५ को मृत्यु भइसक्दा ११ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्।
हङकङमा कोरोनाविरुद्धको खोप कार्यक्रम संचालन भइसकेको छ। पछिल्लो तथ्यांकलाई हेर्दा यहाँ कोरोनाको प्रभाव कम भइसकेको छ।
3
Shares
प्रतिक्रिया