हङकङमा श्रीमतीको हत्या गरेर छोराहरुलाई आक्रमण गरेपछि आत्महत्या गरे यी व्यक्तिले

हङकङमा श्रीमतीको हत्या गरेर छोराहरुलाई आक्रमण गरेपछि आत्महत्या गरे यी व्यक्तिले

नेपालखबर
चैत २१, २०७७ शनिबार ९:२२,

गत बिहीबार बिहानै श्रीमतीको हत्या गरेर उनले दुई छोरामाथि पनि छुरा प्रहार गरेका थिए।

आक्रमणबाट उनका १५ र १८ वर्षका दुई छोराहरु घाइते भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बिहीबार बिहान साढे ८ बजेको समयमा यस घटना भएको थियो।

सुतिरहेकी ४८ वर्षकी श्रीमतीको हत्यापछि दुई छोरालाई आक्रमण गर्दै उनले आफूले पालेको एउटा कुकुर पनि मारेका थिए।

त्यसपछि नै उनले आत्महत्या गरेका थिए। वाम्पाओ गार्डेनमा यस घटना भएको हो।

गरिबी तथा आर्थिक समस्यामा रहेका कारण ती व्यक्तिले आफूसँगै सबै परिवारको ज्यान लिने प्रयास गरेको प्रहरीको भनाइ छ।

एससीएमपीका अनुसार प्रहरी ८ बजेर ३९ मिनेटमा घटनास्थलमा पुगेको थियो। घाइते सबैलाई क्विन इलिजाबेथ अस्पताल भर्ना गरिएको थियो।

तर ती व्यक्ति र उनकी श्रीमतीको अस्पतालमा उपचारकै कारण मृत्यु भयो। प्रहरी इन्सपेक्टर वोङ साइ–क्वानका अनुसार सुतिरहेका श्रीमतीको घाँटी रेटेपछि उनले दुई छोरालाई आक्रमण गरेका थिए।

१८ वर्षका छोरासँग लामो समय धक्कामुक्की भएपछि उनले किचेनमा गएर ढोका थुनेर आत्महत्या गरेका थिए।

इन्सपेक्टर वोङ साइ–क्वानले भनेका छन्,‘ती व्यक्तिले आइटी कम्पनी संचालन गरिरहेका थिए। तर कोरोना भाइरसका कारण ६ महिनायता आर्थिक समस्या झेलेपछि उनी तनावमा थिए।’

आर्थिक संकट नै यो घटनाको कारण भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .