शुक्रबार ५८ वर्षका क्वान हाउ–केइको ठूलो भवनबाट खस्दा मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
त्युन मुन रेसिडेन्यिसल टावरमा सरसफाइको क्रममा उनी खसेको अनुमान गरिएको छ। क्वान हाउले १९ देखि ३३ तलासम्मको भवन सफाइ गर्दथे।
उनी शुक्रबार मध्यान्न बेहोस अवस्थामा रबिस बिनमा बजारिएको भेटिएका थिए। शिर र शरीरका विभिन्न अंगमा चोट देखिएका उनको त्युन मुन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
यतिबेला त्यहाँकाे मजदुर विभागले मिङ कुम रोडस्थित सान किङ स्टेटको किङ लक हाउसमा भएको यस घटनाको बिस्तृत रुपमा अनुसन्धान थालेको बताएको छ।
प्रतिक्रिया