हङकङका १५० आवासीय भवनमा लकडाउन, नियम पालना गराउन १७ सय प्रहरी खटाइयो

हङकङका १५० आवासीय भवनमा लकडाउन, नियम पालना गराउन १७ सय प्रहरी खटाइयो

नेपालखबर
माघ १०, २०७७ शनिबार ७:५४,

साउथ चाइना मर्निङ पोस्टका अनुसार शनिबार बिहानैदेखि याउ सिम मोङ डिस्ट्रिक्टका १५० आवासीय भवनमा लकडाउन गरिएको छ।

ती भवनमा बस्नेहरुमा पछिल्लो समय तीव्र रुपमा कोरोना देखिएपछि त्यहाँ लकडाउन गरिएको हो।

लकडाउनको नियम पालना गराउनको लागि हाल त्यहाँको प्रशासनले १७ सय प्रहरीलाई सो क्षेत्रमा खटाएको छ।

हङकङमा शुक्रबार मात्र ६१ नयाँ संक्रमित थपिएका थिए। ५५ स्थानीयस्तरबाटै संक्रमित बनेका थिए। जसमध्ये २४ जना याउ सिम मोङको आवसीय भवनहरुमा बस्थे।

२४ संक्रमितहरु याउ सिम मोङको भवनहरुमा बसेको भेटिएपछि त्यहाँका १५० भवनमा लकडाउन गरिएको हो।

अब उक्त भवनका सबैभा अनिवार्य कोरोना परीक्षण गराइनेछ। कोरोना नदेखिका व्यक्तिमात्र त्यस आवसीय भवनहरुबाट बाहिर निस्कन सक्नेछन्।

यस लकडाउनले कम्तिमा ९ हजार मानिसलाई असर पुग्ने बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .