यहाँ ६८ नयाँ संक्रमित थपिँदा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ८४७ पुगेको छ।
यहाँ कोरोनाका कारण १४८ को मृत्यु भइसक्दा ७८ सय १३ कोरोनामुक्त भएका छन्।
यसअघि बुधबार हङकङमा ५४ कोरोना संक्रमित भेटिएका थिए।
यसैबीच बिहीबार एक कोरोना संक्रमित अस्पतालबाट फरार भएको बताइएको छ।
क्वारेन्टिन क्याम्पबाट अस्पताल पठाइएका ती व्यक्ति वोङ ताइ सिनस्थित चोइ वान स्टेटको काई फाइ हाउसका बासिन्दा थिए।
उक्त हाउसका सबैलाई कोरोनाको परीक्षण अनिवार्य गराउन भनिएको छ। ती व्यक्ति अगाडि पनि सो क्षेत्रमा संक्रमित भेटिएका थिए।
3
Shares
प्रतिक्रिया