यहाँ ५० भन्दा बढी नयाँ संक्रमित थपिँदा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ७७८ पुगेको छ।
यहाँ कोरोनाका कारण १४६ को मृत्यु भइसक्दा ७७ सय कोरोनामुक्त भएका छन्।
यसैबीच हङकङमा रहेका ४० आवसीय भवनमा अनिवार्य कोरोना परीक्षण गरिने भएको छ।
पिङ सेक स्टेटको लाम सेक हाउस तथा सा तिन विङ सु हाउस, फुङ साक हाउस लगायतका आवसीय भवनहरुमा केही संक्रमित देखिएपछि त्यहाँका सबैलाई अनिवार्य कोरोना परीक्षण गर्न भनिएको हो।
प्रतिक्रिया