हरेक वर्ष जनवरी १ तारिखका दिन मनाउन थालिएको टोपी दिवस हङकङमा रहेका नेपालीहरुले पनि मनाएका छन्।
शुक्रवार हङकङको पर्यटकियस्थल स्टार फेरिमा नेपालीहरुले भेला भएर टोपी दिवस मनाएका हुन्।
स्टार फेरिमा सबैजना ढाका टोपीमा सजिएका थिए। हरेक अंग्रेजी वर्षको पहिलो दिन मनाइने टोपी दिवसलाई नेपालीहरुको पहिचान र गौरवको रुप लिने गरिएको छ।
ढाका वा भादगाउले टोपीमा सजिएर टोपी दिवस मनाउने चलन छ।
सुरुका दिनहरुबाटै यस दिवसमा सहभागी हुँदै आएका नेपाल च्याम्बर्स अफ कमर्स हङक का उपाध्यक्ष लब कुमार गुरुङका अनुसार यसपटकको टोपी दिवस विशेष रह्यो।
उनले नेपालखबरसँग भने,‘कोभिड कहरका बाबजुद टोपी दिवस मनाउन मनाउन सफल भएका छौं। सरकारले तोकेको सामाजिक दुरिको नियमलाई कायम गर्दै दिवस मनायौं। हाम्रो नेपाली टोपी अन्य देशका टोपीहरु भन्दा पृथक छ, यो नै हाम्रो अद्दितिय पहिचान हो।’
पछिल्लो समय ढाका टोपी तथा ढाका सम्बन्धित सामग्रीहरुले ब्याबसायिक सफलता हासिल गर्दै गएको बताउँदै उनले हङकङमा समेत यसको ठूलो माग रहेको बताए।
नेपाल सरकारले सन २०१४ देखि टोपी दिवस मनाउने घोषणा गरे पनि हङकङमा भने ३ बर्षयता मात्र टोपी दिवस मनाउन थालिएको हो।
प्रतिक्रिया