हङकङमा महिला व्यापारीलाई घरभित्रै बाँधेर एक करोड डलरको सामग्री लुट्ने ९ जना गिरफ्तार

हङकङमा महिला व्यापारीलाई घरभित्रै बाँधेर एक करोड डलरको सामग्री लुट्ने ९ जना गिरफ्तार

नेपालखबर
पुस ४, २०७७ शनिबार १०:३४,

गत महिना २५ वर्षकी व्यापारी सो मिन–यान, उनका ६ महिनाका छोरा र उनको घरमा काम गर्ने घरेलु कामदारालाई लुटेराहरुले घरभित्रै बाँधेर लुटपाट मच्चाएका थिए।

सो क्रममा एक करोड हङकङ डलर बराबरको सामग्री चोरी भएको थियो। व्यापारी महिलाले प्रायजसो सामाजिक सन्जालमा आफ्नो महँगो घडी, ह्यान्ड ब्याग, पैसाहरु पोस्ट गर्ने गर्दथिन्।

सामाजिक संजालमै उनीसँग धेरै पैसा रहेको थाहा पाएपछि लुटेराले उनीविरुद्ध षड्यन्त्र रचेको अनुमान गरिएको छ।

Police say it is possible that So Mei-yan was targeted because she displayed her wealth on social media. Photo: Instagram

सो मिन कस्मेटिक सामग्रीको व्यापारी हुन्।

बिहीबार र शुक्रबार प्रहरीले लुटेराहरु बस्ने स्थानहरु अनुमान गर्दै सुएन वानस्थित रुट ट्विस्कमा छापा मारेको थियो।

६० प्रहरीले सो क्रममा पाँच पुरुष र चार महिलालाई गिरफ्तार गरेको र उनीहरु उक्त लुटपाटको घटनामा संलग्न भएको बताइएको छ।

प्रहरीले चोरी भएका केही सामग्री पनि बरामद गरेका थिए। यस घटनामा संलग्न अर्का एक पुरुष भने फरार छन्। एससीएमपी

Hong Kong police set up an 'integrity management' team to strengthen  discipline after reports of misconduct | Hong Kong Free Press HKFP

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .