उनलाई अदालतले शुक्रबार पाँचवटै मुद्दामा दोषी करार गरिदिएको हो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार १६ वर्ष मुनिका बालिकाहरुमाथि ३५ वर्षका प्रहरी यु चुन–हिङले यौन दुर्व्यवहार गरेका हुन्।
उनले यौन दुर्व्यवहार गरेकामध्ये सबैभन्दा सानी बालिका ११ वर्षको भएको बताइएको छ।
यु चुनले ती बालिकालाई २ सय हङकङ डलर दिएर विभिन्न स्थानमा यौन दुर्व्यवहार गरेका थिए।
उनको साथबाट अर्की १२ वर्षकी बालिकाको २८ वटा नग्न तस्बिर पनि प्रहरीले फेला पारेको थियो।
सन् २०१७ देखि २०१८ को अवधिमा ती प्रहरीले अन्य १२ वर्षकी जे, उनका अन्य साथी एक्स र वाईसँग अवैधानिक यौन सम्बन्ध पनि राखेका थिए।
बालिकाहरुलाई पैसाको प्रलोभनमा पारेर यु चुनले योन दुर्व्यवहार गर्दै आएको अदालतको भनाइ छ।
सन् २०१८ मा जेको फोनको माध्यमबाट प्रहरीले उनलाई गिरफ्तार गरेको थियो। जेकी परिवारले आफ्नी छोरीको मोबाइलबाट यो यौन दुर्व्यवहारको रहस्य थाहा पाएका थिए।
हाल भने उनलाई अदालतले दोषी ठहर गरिदिएको हो। आगामी जनवरीमा उनलाई जेल सजाय तोकिने बताइएको छ। एससीएमपी
Shares
प्रतिक्रिया