हङकङका बार तथा क्यारिओकी लाउन्जजस्ता मनोरन्जनस्थलबाट धेरै कोरोना फैलियो

हङकङका बार तथा क्यारिओकी लाउन्जजस्ता मनोरन्जनस्थलबाट धेरै कोरोना फैलियो

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १२:४१,

एक महिनाभन्दा कम सयमको अवधिमा हङकङका बार र क्यारिओकी लाउन्जहरुबाट कोरोना फैलिएको ३० छुट्टाछुट्टै घटना भेटिएका छन्।

चाइनिज युनिभर्सिटीको अध्ययनअनुसार रेस्टुरेन्ट र होटलभन्दा बढी जोखिमको स्थान बार र क्यारिओकी लाउन्ज हुन्।

अध्ययनअनुसार रमाईलो गर्नका लागि अपरिचित मानिसहरु बार र क्यारिओकी लाउन्ज जान्छन्, त्यहाँ भिडभाड पनि हुन्छ। त्यसकारण यी क्षेत्रहरु कोरोना जोखिमको क्षेत्र भएको अध्ययनको ठहर छ।

ती क्षेत्रमा कोरोना लाग्दा कन्ट्याक्ट ट्रेसिङ गर्न पनि गाह्रो हुने बताइएको छ। गत जुन महिनामा हङकङमा शुन्य संक्रमणपछि कोरोनाको दोस्रो लहर देखिएको थियो।

बार र क्यारिओकी लाउन्जबाटै हङकङमा फेरि कोरोना देखिएको थियो।

यसैबीच हङकङमा बुधबार ९ नयाँ कोरोना संक्रमित देखिएका छन्। यससँगै यहाँ कोरोना संक्रमितको कुल संख्या ५४ सय ८० पुगेको छ।

यहाँ कोरोनाका कारण हालसम्म १०८ को मृत्यु भएको छ भने ५२ सय २४ उपचारपछि स्वस्थ बनिसकेका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .