हङकङका अग्नी पीडित नेपाली परिवारलाई ली का सिंहले दिए ३० लाख डलर सहयोग

हङकङका अग्नी पीडित नेपाली परिवारलाई ली का सिंहले दिए ३० लाख डलर सहयोग

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १४:५,

हङकङका अग्नी पीडित नेपालीका परिवारलाई एशियाका धनाढ्य व्यवसायी ली का सिंहले ३० लाख हङकङ डलर सहयोग घोषणा गरेका छन्।

आइतबार राति हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा परेर हङकङका सात जना नेपालीको ज्यान गएको छ भने अन्य ११ जना नेपाली घाइतेको अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये आठ जनाको अवस्था चिन्ताजनक रहेको छ।

हङकङका सबैभन्दा धनी लीको ली का सिंह फाउण्डेसनले बुधबार अग्नी पीडित नेपालीको परिवारलाई ३० लाख हङकङ डलर (करिब चार करोड ५९ लाख रुपैयाँ) सहयोग दिने घोषणा गरेको हो।

‘आगलागीमा ज्यान गुमेको र घाइते भएको खबर सुनेर दुख लागेको छ, गृहमन्त्रालय मार्फत वितरण हुने यो सहयोगले पीडितका परिवारलाई सहयोग पुग्ने विश्वास छ’, फाउण्डेसनले लीलाई उधृत गर्दै भनेको छ।

लीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

आफ्नो नीजि सुरक्षाकर्मीको समूहमा पूर्व गोर्खाहरूलाई राखेका हङकङका धनाढ्य ली नेपाली समुदायसँग पर्याप्त परिचित छन्।

यसअघि सन् २०१५ अप्रिलमा भूकम्प प्रभावित नेपालीको सहयोगका लागि ली का सिंह फाउण्डेसनले नेपाली महावाणिज्य दूतावास हङकङ मार्फत १० लाख अमेरिकी डलर सहयोग दिएको थियो।

हङकङको परोपकारी संस्था सिक सिक युनले अग्नी पीडितका परिवारलाई १० लाख हङकङ डलर (करिब १ करोड ५३ लाख रुपैयाँ) सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो।

संस्थाले मृतकका परिवारलाई ५० हजार र घाइतेका परिवारलाई ३० हजार हङकङ डलर सहयोग प्रदान गर्ने भएको हो।

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .