हङकङमा बिहीबार बस र ट्रक ठक्कर खाँदा बस चालकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।
युन लङ–बाउन्ड सिङ लङ राजमार्गमा तीव्र गतिमा रहेका बस र ट्रक एक आपसमा ठोक्किएका हुन्।
प्रहरीका अनुसार बसको गल्तीका कारण दुर्घटना भएको हो।
घटना स्थानीय समयअनुसार दिउँसो २ बजेर २१ मिनेटमा भएको हङकङ प्रहरीले जनाएका छन्।
घटनामा बसमा सवार १३ जना घाइते भएका छन् भने ट्रक चालक पनि घाइते भएका छन्।
प्रहरीका अनुसार सन् १९९७ मै बस चालकले ड्राइभिङबाट सन्यास लिएका थिए। मृत्यु भएका बस चालक ६५ वर्षका थिए।
एससीएमपीका अनुसार हाल घाइतेहरुको पोक ओइ अस्पताल र ट्युन मुन अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया