हङकङमा एक बालिकामाथि चार व्यक्तिले यौन हिंसा गरेका छन्।
सन् २०१७ को यौन हिंसाका बारेमा बालिकाले अदालतमा मुद्धा दर्ता गरेपछि यहाँको उच्च अदालतले अनुसन्धान गरेको थियो। अनुसन्धानमा चार व्यक्तिहरु दोषी पाइएका हुन्।
त्यसबेला १२ वर्षकी बालिकामाथि चार व्यक्तिले सन् २०१७ मा यौनहिंसा गरेको मंगलबार यहाँको उच्च अदालतले बताएको हो।
एक सार्वजनिक शौचालयमा लगेर चार व्यक्तिले बालिकामाथि यौन हिंसा गरेका थिए। त्यसबेला उनीहरुले यसबारे बोले हत्या गर्ने धम्की दिएका थिए।
यतिबेला १४ वर्ष पुगेकी उनले परिवारको सहयोगमा अदालतमा मुद्धा दर्ता गरेकी थिइन्। अदालतले २१ वर्षीय मोक सिज–हिन, २१ वर्षीय चान हो यिन, २४ वर्षीय लाम विङ चुङ तथा २६ वर्षका चेङ पाक–किटलाई दोषी ठहर गरेको हो।
यौन हिंसामा दोषी ठहर भएका मोक ती बालिकाकै प्रेमी रहेको बताइएको छ। मोक र ती बालिका त्यसबेला प्रेम सम्बन्धमा थिए। तर मोकले साथीहरुको सहयोगमा उनी माथि नै यौन हिंसा गरेको अदालतले बताएको छ।
एससीएमपीका अनुसार यौन हिंसा गरिसकेपछि मोकले यसबारेमा नबोल्न नभए हत्या गर्ने भनेर उनलाई धम्की दिएका थिए। उनीहरुमाथि जेल सजाय हुनसक्ने बताइएको छ।
प्रतिक्रिया