हङकङमा प्रत्येक पाँच हात धुने साबुनमध्ये दुईवटा हात धुने साबुन गुणस्तरहीन पाइएको नयाँ अध्ययनले जनाएको छ।
त्यस्ता गुणस्तरहीन साबुन तथा साबुन जन्य सामाग्रीको प्रयोगबाट छालाका रोग, एलर्जी हुने खतरा भएको जनाइएको छ।
हङकङको उपभोक्ता परिषदले गरेको अध्ययनमा साबुन तथा साबुनजन्य सामाग्री स्वास्थ्यका लागि हानिकारक र गुणस्तरहीन पाइएको हो।
यस्तै अध्ययनमा त्यस्ता कैयौं साबुन पाइए जसले किटानुलाई नष्ट गर्न पनि सक्दैन।
एससीएमपी परिषदले अध्ययनका लागि हङकङमा प्रयोग हुने ३५ साबुन तथा साबुनजन्य सामाग्रीमाथि अनुसन्धान गरेको थियो। तीमध्ये १३ वटा हात धुने साबुन तथा त्यस्ता सामाग्री गुणस्तरहीन देखिए।
अर्थात् हङकङमा पाइने ४० प्रतिशत साबुन र साबुनजन्य सामाग्री गुणस्तरहीन छन्। यसलाई हिसाब गर्दा प्रत्येक पाँचमध्ये २ साबुनजन्य सामाग्री गुणस्तरहीन देखिएको हो।
साबुन र साबुनजन्य सामाग्रीका नामहरु भने खुलाइएको छैन। गुणस्तरहीन साबुनको विषयलाई लिएर सम्बन्धित निकायमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
Shares
प्रतिक्रिया