साउथ चाइना मर्निङ पोस्टकाअनुसार हङकङमा १४० संक्रमित भेटिँदा हालसम्म ४ जनाको मृत्यु भएको छ।
कोरोनाको प्रकोपपछि हङकङको व्यापार र व्यवसायमा ठूलो क्षति पुगिरहेको छ।
कोरोनाको त्रासपछि ३ महिनायता हङकङमा पर्यटकहरु घुम्न आएका छैनन्। गत वर्षको यसै अवधि र हाललाई मध्यनजर गर्दा हाल ६८ प्रतिशतले पर्यटकमा कमी आएको यहाँको नागरिक उड्ययन विभागले जनाएको छ।
यसअघि सन् २००३ मा सार्स प्रकोपको बेला पनि व्यवसायमा यस्तै घाटा भएको थियो।
हाल विश्वका १ सय २० भन्दाबढी मुलुकमा कोरोनाको संक्रमण देखिएको छ। हालसम्म १ लाख ४० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। ५ हजार बढीले ज्यान गुमाएका छन्।
अन्य देशमा हेरी हङकङमा कोरोनाको प्रभाव न्युन छ। हङकङ सरकारले कोरोनाविरुद्ध लड्न विभिन्न उपायहरु अपनाएको छ।
हाल हङकङका शैक्षिक संस्थाहरु ठप्प पारिएका छन् भने चीनसँगको सिमानाहरु बन्द गरिएका छन्।
प्रतिक्रिया