हङकङमा कोरोना भाइरसका कारण ९ वर्षयताकै खराब बेरोजगार दर

हङकङमा कोरोना भाइरसका कारण ९ वर्षयताकै खराब बेरोजगार दर

नेपालखबर
चैत २, २०७६ आइतबार १२:२३,

हङकङमा ९ वर्षयताकै सबैभन्दा खराब बेरोजगार दर देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

कोरोना भाइरसको महामारीपछि तीन महिनायता हङकङको अर्थतन्त्रमा ठूलो धक्का लागिरहेको छ।

होटल, सपिङ मल, क्याटरिङ, निर्माण उद्योग, विमानस्थलहरु ठप्प छन्। जसका कारणमा त्यहाँका मानिसहरु तलबविहिन बिदा बस्न बाध्य बनेका छन्।

हङकङका वित्तिय सचिव पल चान मो–पोले विपक्षी दलले सरकारले ल्याउन लागेको नयाँ कानुनमा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन्।

रोजगारी र अर्थतन्त्रलाई पुनर्जागरण गर्ने योजना ल्याएको बताउँदै चानले सरकारको नयाँ कानुनले बेरोजगारी दर घट्ने बताए।

कोरोनाका कारण हङकङमा गत जनवरीमा ३.४ प्रतिशतले बेरोजगारी दर बढेको थियो। सन् २०११ मा बोरोजगार दर ३.३ ले बढेको थियो। सन् २०११ मा भन्दा यतिबेला हङकङको बेरोजगार दर बढी हो। यो दर अझै बढ्ने अनुमान गरिएको छ।

सन् २००३ मा सार्स प्रकोपका बेला हङकङले सबैभन्दा बढी बेरोजगार दर महशुस गरेको थियो। त्यसबेला ८.५ प्रतिशलते बेरोजगारी बढेका थिए।

आइतबारसम्म हङकङमा कोरोनाबाट १४५ जना संक्रमित बनेका छन्। हालसम्म ४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .