हङकङ : ‘ग्लोरी टु हङकङ’ गीत अब बज्ने छैनन् युट्युबमा

हङकङ : ‘ग्लोरी टु हङकङ’ गीत अब बज्ने छैनन् युट्युबमा

नेपालखबर
जेठ २, २०८१ बुधबार १२:१५, हङकङ

हङकङको अदालतको निर्णय पालना गर्दै युट्युबले यहाँ ‘ग्लोरी टु हङकङ’ गीतसँग सम्बन्धित भिडिओ लिंकहरूको पहुँचमा रोक लगाउने भएको छ।

सन् २०१९ को विरोध प्रदर्शनलाई बल पुग्नेगरी गीत रचनाको उद्देश्य राखिएको र यसले राज्यविरुद्ध प्रहार गर्न सक्ने देखिएकोले गीतलाई रोक्ने निर्णय मंगलबार हङकङको पुनरावेदन अदालतले गरेको हो।

अदालतको यस्तो निर्णयलाई युट्युबले आलोचनात्मक स्वीकार गरेको छ।

‘हामी अदालतको निर्णयबाट निराश छौँ तर आदेशको पालना गरिरहेका छौँ,’ विरोध गान मानिने ३२ वटा भिडिओको पहुँच हङकङमा रोकेपछि युट्युबले विज्ञप्तिमा भनेको छ।

ती भिडिओको लिंक अब हङकङमा गुगल खोजी गर्दा नदेखिने युट्युबले स्पष्ट पारेको छ।

साथै, गीत हटाउने प्रक्रियामा समय लाग्न सक्ने पनि युट्युबले बताएको छ। प्रणालीले वेबलाई रिक्रल गर्नुपर्ने हुँदा समय लाग्न सक्ने बताइएको हो।

यता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले हङकङको राष्ट्रिय सुरक्षाका लागि गीतको प्रसार रोक्नु उचित रहेको प्रतिक्रिया दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .