बढ्यो हङकङ एयरपोर्टको सुरक्षा शुल्क, यात्रुलाई थप १० डलर आर्थिक भार

बढ्यो हङकङ एयरपोर्टको सुरक्षा शुल्क, यात्रुलाई थप १० डलर आर्थिक भार

अर्को वर्ष जनवरीदेखि सुरक्षा शुल्क १० डलर बढ्नेछ (द स्ट्यान्डर्ड)


नेपालखबर
जेठ १, २०८१ मंगलबार १८:१८, काठमाडौँ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले तिर्ने सुरक्षा शुल्कमा अर्को वर्षदेखि १० हङकङ डलर थपिने भएको छ।

विमानस्थल प्राधिकरणले मंगलबार घोषणा गरेअनुसार सन् २०२५ को जनवरदेखि अब यात्रुले ६५ हङकङ डलर तिर्नुपर्नेछ। अहिले यो ५५ डलर छ।

यसअघि पछिल्लो पटक सन् २०२१ मा हङकङ डलर ५० बाट ५५ बनाइएको थियो।

प्राधिकरणका अनुसार, १ जनवरी २०२५ अघि जारी गरिएका टिकटमा बढेको शुल्क लागू हुने छैन।

यदि त्यस्ता टिकट जनवरी वा पछिको मितिका लागि काटिएको भए पनि १ जनवरीभन्दा अगाडि खरिद गरिएको टिकटमा समायोजन शुल्क नगाभिने भएको हो।

प्राधिकरणले वृद्धि भएको शुल्क विमानस्थलको सुरक्षा लगायतमा खर्च गर्ने बताएको द स्ट्यान्डर्ड जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .