हङकङको क्याथे प्यासिफिकका उच्च पदस्थले २०२३ मा बुझे ६ करोड ६ लाख डलर तलब

हङकङको क्याथे प्यासिफिकका उच्च पदस्थले २०२३ मा बुझे ६ करोड ६ लाख डलर तलब

क्याथेका २० उच्च पदस्थले सन् २०२३ मा ६० करोड ६२ लाख तलब बुझेका छन् (एससीएमपी)


नेपालखबर
जेठ २, २०८१ बुधबार १८:२९, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजका उच्च पदस्थ कर्मचारीको वार्षिक तलब १ करोड ४ लाख हङकङ डलरसम्म रहेको छ।

कम्पनीको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार गतवर्ष कम्पनीले आफ्ना २० कार्यकारी निर्देशकलाई मात्र करिब ६ करोड ६ लाख हङकङ डलर भुक्तान गरेको छ।

जसमा सीईओ रोनाल्ड लामले सबैभन्दा बढी १ करोड ४ लाख हङकङ डलर पाएका छन्।

कोभिड-१९ महामारीका कारण धेरै क्षेत्रले आर्थिक मन्दी बेहोर्नुपरेको अवस्थामा क्याथेका कर्मचारीको भने कोभिड महामारी सुरु हुनुभन्दा पहिलेको अवस्थामा भन्दा कोभिडपछिको अवस्थामा लगभग २० प्रतिशत तलब वृद्धि भएको छ।

त्यस्तै, कम्पनीकी प्रमुख वित्तीय अधिकारी रेबेका शार्प उच्च भुक्तानी पाउनेमा दोस्रो बनेकी छन्। उनले ९७ लाख १० हजार हङकङ डलर बुझेकी छन्।

तेस्रोमा क्याथेका अध्यक्ष प्याट्रिक हेलीले ८६ लाख ६० हजार हङकङ डलर पाए।

अप्रिल २०२३ मा कार्यकारी निर्देशक नियुक्त भएका एलेक्स म्याकगोवानले पनि गतवर्ष ४६ लाख ३० हजार हङकङ डलर तलब बुझे।

उच्च पदस्थहरूले तलबको रूपमा मोटो रकम बुझेको भए पनि क्याथेको सेवाप्रति भने असन्तुष्टि व्यक्त हुने गरेका छन्।

४६ लाख हङकङ डलरभन्दा बढी तलब बुझ्ने म्याकगोवन कम्पनीका तिनै प्रमुख अपरेसन र सेवा वितरण अधिकारी हुन् जसले यस वर्षको सुरुमा उडान रद्द गर्नुपरेको कारणबाट माफी मागेका थिए।

त्यस्तै, मार्चमा सीईओ लामले पाइलट अभावको कारण देखाउँदै सन् २०२४ को अन्त्यदेखि अर्को वर्षको पहिलो त्रैमासिकसम्म यात्रु उडान क्षमता पूर्वमहामारी स्तरमा पुनस्र्थापित गर्न नसकिने घोषणा गरे।

गत डिसेम्बरदेखि र फेब्रुअरीका बीचमा कम्पनीले सात सय ८६ उडान रद्द गरेकोमा निकै आलोचना भएको थियो।

सरकारले सन् २०२० मा महामारीबाट बच्नको लागि कम्पनीलाई बहु-अर्ब डलर बेलआउट प्रदान गरेको थियो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .