हङकङ आइतबार दिउँसो भारी वर्षा र चट्याङले प्रभावित भएको छ। जसमध्ये, सहरका पूर्वी क्षेत्रहरू सातिन, साइकुङ लगायत बढी प्रभावमा परे।
दिउँसो हङकङको पूर्वी भागका धेरै क्षेत्रमा १० मिमिभन्दा बढी वर्षा भएको र सातिन, साइकुङ लगायतका जिल्लामा ३० मिमिभन्दा बढी वर्षा भएको हङकङ अब्जर्भेटरीले जनाएको छ।
बढी प्रभावित क्षेत्रमा बाढी समेत आएको छ। यससँगै सबैलाई मौसम परिवर्तनबारे सचेत रहन अब्जर्भेटरीले आग्रह गरेको छ।
यसअघि दिउँसो सवा तीन बजे जारी गरिएको चट्याङको चेतावनी बेलुका साढे ६ बजे रद्द गरिएको छ।
अब्जर्भेटरीले जनाएअनुसार बेलुका पनि सहरभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
त्यस्तै, सोमबार पनि समान्यतया बदली रही केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। तापक्रम भने २४ देखि २९ डिग्री सेल्सियसको बीचमा रहनेछ।
यस महिनाको सुरुदेखि नै हङकङले असन्तुलित मौसम खेप्दै आएको छ।
Shares
प्रतिक्रिया