यी हुन् हङकङकी पहिलो र एक मात्र जातीय अल्पसंख्यक महिला बस चालक

यी हुन् हङकङकी पहिलो र एक मात्र जातीय अल्पसंख्यक महिला बस चालक

फरजाना हङकङको पहिलो र हालसम्मको एक मात्र महिला बस चालक हुन् (ह्यान्डआउट)


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:२२, हङकङ

हङकङकी ४६ वर्षीया फरजाना जातीय अल्पसंख्यक समुदायबाट सहरको पहिलो र अहिलेसम्म एक मात्र महिला बस चालक बनेकी छन्।

उनलाई यो अवसर सिटी बसले दिलाएको हो। एक छोरा र एक छोरीकी आमा फरजानाले गएको सेप्टेम्बरमा लाइसेन्स प्राप्त गरेपछि चुनमुनबाट अन्य जिल्लामा जाने गाडी चलाउन थालिन्।
८/९ महिनाको दौरानमा उनले ‘छालाको रङ’बारे केही यात्रुको दुर्व्यवहार बाहेक अन्य कुरामा केही समस्या नपरेको बताइन्।

‘उनीहरूलाई लाग्छ कि म क्यान्टोनिज जान्दिनँ तर मलाई थाहा हुन्छ उनीहरू के कुरा गरिरहेका छन्,’ फरजानाले क्यान्टोनिजमा भनिन्, ‘कहिलेकाहीँ तिनीहरूले मलाई अचम्मित भएर हेर्छन् र भन्छन्– वाह! भारतीय महिला!’

सिटीबस लिमिटेडका दुई सय महिला बस चालकमध्ये उनी एक हुन्। कम्पनीमा रहेका कुल चार हजार चालकमध्ये पाँच प्रतिशत महिला छन्। गतवर्ष एक महिलाले डबल डेकर बस चलाएको देखेपछि उनलाई चालक बन्ने हुटहुटी बढेको थियो।

फरजानालाई सिटीबसले डबल डेकर बस कसरी चलाउने भनेर ६ दिनको तालिम दिएको थियो।

बस चालकको रूपमा करिअर बनाउन श्रीमान्‌ले सधैँ प्रोत्साहन गरेको फरजाना बताउँछिन् (ह्यान्डआउट)

फरजाना यातायात क्षेत्रमा ठ्याक्कै नयाँ भने होइनन्। उनी चालकको रूपमा नयाँ भए तापनि यसअघि भने ट्रक चालक श्रीमान्‌को सहयोगीका रूपमा एक दशक काम गरेकी थिइन्। उनका श्रीमान्‌ले ट्रकमा सामान ओसारपसारको काम गर्छन्।

उनलाई बस चालक बन्न उनका छोराछोरीको पनि साथ रह्यो। चालक बन्ने उनको सपनालाई पछ्याउन छोराछोरीले सधैँ प्रोत्साहन गरिरहे। (साउथ चाइना मर्निङ पोस्ट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .