बिहीबार बिहान हङकङका तीन प्रमुख एमटीआर (मास ट्रान्जिट रेलवे) लाइनमा समस्या आइलाग्यो। जसका कारण क्वुनतोङ, चुनवान र द आइसल्यान्ड लाइनका सेवा प्रभावित बने।
यी लाइनमा चल्ने रेल सेवा बिहानको ‘पिक आवर’मा एकाएक ढिलो गतिमा कुद्न थाले। जसले गर्दा व्यस्त हङकङको जीवनशैली केही प्रभावित भयो।
खासमा सांकेतिक प्रणाली (सिग्नल सिस्टम)मा समस्या आएका कारण रेल सेवा प्रभावित बनेको थियो। यद्यपि यो समस्या दिउँसोबाट समाधान भइसकेको एमटीआर कर्पोरेसनले जनाएको छ। -एजेन्सी
879
Shares
प्रतिक्रिया