हङकङले यस वर्ष आफ्नो अर्थतन्त्र २.५ देखि ३.५ प्रतिशतको दायरामा बढ्ने अपेक्षा गरेको छ। जसबाट संघर्षरत घरजग्गा क्षेत्र बलियो बन्ने तथा थप पर्यटन र लगानीलाई आकर्षित गर्ने सम्भावनाको आशा गरिएको छ।
आर्थिक सचिव पल चानले बुधबार आफ्नो वार्षिक बजेट सम्बोधनमा उक्त प्रक्षेपण गरेका हुन्।
चानको यो सम्बोधनसँगै विश्लेषक तथा अर्थशास्त्रीहरूले सहरको समस्याग्रस्त घर जग्गा क्षेत्रको दबाब कम गर्न कर (स्ट्याम्प ड्युटी) का दर घट्ने सम्भावनालाई औंल्याएका छन्।
स्थानीय समाचार आउटलेटहरूमा थप आगन्तुकलाई आकर्षित गर्ने नीतिको सम्भावनालाई पनि औंल्याइएको छ।
‘जटिल र सधैँ परिवर्तन हुने अन्तर्राष्ट्रिय वातावरणको बीचमा हाम्रो अर्थतन्त्र र समाजको निरन्तर विकाससँगै हाम्रो आर्थिक पुनरुत्थानको गतिलाई बलियो बनाउन थप कडा प्रयास आवश्यक छ,’ चानले भनेका छन्।
डिसेम्बरमा ब्लुमबर्गले गरेको एक सर्वेक्षणमा अर्थशास्त्रीहरूले हङकङको कुल गार्हस्थ उत्पादन २०२३ को तुलनामा यो वर्ष २.७ प्रतिशतले विस्तार हुने अनुमान गरेका थिए। गत वर्ष अर्थव्यवस्था ३.२ प्रतिशतले बढेको थियो। (ब्लुमबर्ग)
Shares
प्रतिक्रिया