हङकङको ग्वाङझाउमा एक निजी कार दुर्घटना हुँदा एकको मृत्यु र दुई जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुुसार दुर्घटनायुक्त कार मुख्यभूमि चीनमा दर्ता रहेको निजी कार हो।
‘ग्वाङझोङस्थित हङकङको आर्थिक तथा व्यापार कार्यालयले सोमबार राति ग्वाङझाउको साओगुआनमा भएको दुर्घटनाबारे खबर प्राप्त गरेको बताएको छ,’ स्थानीय एक सञ्चारमाध्यमले लेखेको छ।
दुर्घटनाको जानकारी पाएपछि सहयोग प्रदान गर्न आफ्ना अधिकारीलाई शाओगुआन पठाइएको र अध्यागमन विभागले घाइते र उनीहरूको परिवारसँग समन्वय गर्ने कार्यालयले जनाएको छ।
42
Shares
प्रतिक्रिया