लामले दुईवटा बाहेक सबै नाका बन्द हुने घाषणा गरेको साउथ चाइना मर्निङ पोस्टले सोमबार जनाएको छ।
सान्जेनको बे जोइन्ट चेकपोइन्ट र हङकङ–चुहाइ–मकाउ समुन्द्र पार पुल बाहेकका सबै नाका बन्द हुने जनाइएको छ।
कोरोना भाइरस हङकङ भर फैलने त्रासपछि हङकङका अस्पतालका सयौं कर्मचारीहरुले चीनसँगको सबै नाका बन्द नगरे आफूरुले अस्पतालमा हड्ताल गर्ने चेतावनी दिएका थिए।
आज सोमबार कर्मचारीहरले अस्पतालमा हड्ताल समेत गरेका थिए।
नोबेल कोरोना भाइरसको संक्रमणले चीनमा मात्र ३ सय ६१ जनाको मृत्यु भइसकेको छ। चीनमा मात्र १७ हजार कोरोनाबाट संक्रमित बनेका छन्।
कोरोनाको संक्रमणले हङकङमा पनि १५ जना बिरामी परिसकेका छन्।
प्रतिक्रिया