नोबेल कोरोना भाइरसको संक्रमणले चीनमा मात्र ३ सय ६१ जनाको मृत्यु भइसकेको छ। चीनमा मात्र १७ हजार कोरोनाबाट संक्रमित बनेका छन्।
कोरोनाको संक्रमणले हङकङमा पनि १५ जना बिरामी परिसकेका छन्। चीनसँगको नाका खुला भएकाले कोरोना हङकङमा फैलिएको भन्दै त्यहाँका अस्पतालका कर्मचारीले यसअघि चीनसँगको नाका बन्द गर्नुपर्ने सरकारसँग माग गरेका थिए।
तर सरकारले माग पुरा नगरेपछि मंगलबारदेखि डाक्टर, नर्ससहितका सयौं कर्मचारीले अस्पतालमा हड्ताल सुरु गरेको बीबीसीले जनाएको छ।
हङकङले क्रस बोर्डर रेल तथा डुंगा सेवा बन्द गरेको छ। यद्यपी चीनसँगको पुरा नाका भने बन्द गरेको छैन।
यसअघि हङकङकी स्वास्थ्यमन्त्रीले अस्पतालमा हड्ताल नगर्न आग्रह गरेकी थिइन्। सोमबार चिकित्सकहरुले नाका बन्द गर्ने विषयमा बैठकको आह्वान गरेका थिए।
उक्त वैठकमा हङकङकी कार्यकारी प्रमुख क्यारी लाम उपस्थित थिइनन्।
प्रतिक्रिया