हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले प्रतिबन्धित राजनीतिक पार्टी डेमोसिस्टोका अर्का एक सदस्यलाई पनि पक्राउ गरेको छ।
यसअघि बुधबार डेमोसिस्टोका पूर्वनेता इभान लामसहित तीन पूर्व सदस्य पक्राउ परेका थिए।
पक्राउ परेका पाँचै जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
बुधबार राष्ट्रिय सुरक्षा विभागका अधिकारीहरूले क्वाइ चुङको औद्योगिक भवनमा छापा मार्दा पूर्वनेता इभानसँगै पूर्व सदस्यहरू विलियम लिउ वाइ–लिम, ली काई–चिङ र अर्नोल्ड चुंग चिन–कु पक्राउ परेका हुन्।
स्रोतले जनाए अनुसार बुधबार पक्राउ परेका चार जनामाथि प्रतिबन्धित पार्टी डेमोसिस्टोका पूर्व अध्यक्ष नाथन लका लागि रकम संकलनमा संलग्न रहेको आरोप छ।
ल हाल बेलायतमा निर्वासित जीवन बिताइरहेका छन्। हङकङ सरकारले उनी सहित आठ जनाको टाउकाको मूल्य १ मिलियन हङकङ डलर (१ लाख २७ हजार ७ सय अमेरिकी डलर) तोकेको छ।
उनीहरूमाथि चीनविरोधी गतिविधिमा संलग्न रहेको आरोप छ।
Shares
प्रतिक्रिया