एआईको विकासमा हङकङको भूमिका महत्वपूर्ण : वित्तीय सचिव चान

एआईको विकासमा हङकङको भूमिका महत्वपूर्ण : वित्तीय सचिव चान

नेपालखबर
असार २१, २०८० बिहिबार १७:३४, हङकङ

हङकङका वित्तीय सचिव पल चान मो-पोले चीनको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको विकासमा हङकङको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

विहीबार चीनको सांघाईमा भएको विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन (डब्लूएआईसी)मा चानले उक्त कुरा बताएका हुन्। उक्त अवसरमा चानले एआईको क्षेत्रमा हङकङले गरेको प्रयासबाट चीन र बाँकी विश्वले पाठ सिक्नुपर्ने बताए।

चानले कार्यक्रममा बोल्दै भने, ‘हङकङका विश्वविद्यलयहरूले चीन र विश्वका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई एकै ठाउँमा ल्याएका छन्। साथै, हङकङ सरकारले विगत केही वर्षदेखि एआईको सन्दर्भमा धेरै नीति र आर्थिक सहयोग गरेको छ।’

डब्लूएआईसी चीन सरकारको एक वार्षिक कार्यक्रम हो, जसद्वारा चीन एआईप्रति आफ्नो लगाव विश्वलाई देखाउन चाहन्छ।

बुधबार सांघाइ पुगेका वित्तीय सचिव चानले चीनका प्रमुख एआई कम्पनीहरू सेन्सटाइम र हुवावेको भ्रमण गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .