हङकङमा कानुन उल्लंघन गरेको आरोपमा विपक्षी डेमोसिस्टोका ४ पूर्व सदस्य पक्राउ

हङकङमा कानुन उल्लंघन गरेको आरोपमा विपक्षी डेमोसिस्टोका ४ पूर्व सदस्य पक्राउ

नेपालखबर
असार २०, २०८० बुधबार १८:४१, हङकङ

हङकङ प्रहरीले राष्ट्रिय सुरक्षा कानुनको उल्लङ्घन गरेको आरोपमा विपक्षी समूह डेमोसिस्टोका ४ पूर्व सदस्यलाई पक्राउ गरेको छ।

हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले विदेशी सेनासँग मिलेर काम गर्ने र देशद्रोह गर्ने उद्देश्यका साथ कार्य गर्ने षड्यन्त्र गरेको आशंकामा विपक्षी समूह डेमोसिस्टोका चार पूर्व सदस्यलाई पक्राउ गरेको हो।

इभान लाम लङ–यिन

इभान लाम लङ–यिन

जानकारहरूका अनुसार चार पुरुषलाई बुधबार क्वाइ चुङमा बलको राष्ट्रिय सुरक्षा विभागका अधिकारीहरूले पक्राउ गरेका हुन्। पक्राउ पर्नेहरूमा डेमोसिस्टोका पूर्व नेता इभान लाम लङ–यिन र अन्य पूर्व सदस्यहरू पूर्व सदस्यहरू विलियम लिउ वाइ–लिम, ली काई–चिङ र अर्नोल्ड चुंग चिन–कु हुन्।

बुधबार दिउँसो सोही क्षेत्रको विङकिन रोडमा रहेको औद्योगिक भवनमा अधिकारीहरूले प्रमाण संकलन गरिरहेका थिए।

विलियम लिउ वाइ–लिम

विलियम लिउ वाइ–लिम

बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि ३० जुन २०२० मा डेमोसिस्टोमाथि प्रतिबन्ध लागेको थियो।

त्यसयता ३ जुलाई २०२३ सम्ममा राष्ट्रिय सुरक्षा प्रहरीले १५ देखि ९० वर्ष उमेर समूहका २६० जनालाई पक्राउ गरिसकेको छ। यस्तै १६१ जना र ५ कम्पनीविरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .