हङकङ अदालतले गर्‍यो १६ दिने छोरीको हत्या गर्ने आमाको सजाय खारेज

प्रोबेसनमा पठाइयो
हङकङ अदालतले गर्‍यो १६ दिने छोरीको हत्या गर्ने आमाको सजाय खारेज

नेपालखबर
असार २०, २०८० बुधबार १२:४२, हङकङ

हङकङ उच्च अदालतले १६ दिने छोरीको हत्या गर्ने आमालाई जेलबाट प्रोबेसनमा पठाउन आदेश दिएको छ। ४२ वर्षीय ती महिलाले पोस्ट-पार्टम डिप्रेसनका कारण हत्या गरेको पत्ता लागेकाले परीक्षण अवधिका लागि बुधबार अदालतले प्रोबेसनमा पठाउने फैसला गरेको हो।

सुत्केरी भएपछि हर्मोनमा आउने परिवर्तनका कारण आउने तनाव पोस्टपार्टम डिप्रेसन हो।

२०२२ मार्च ४ मा ती महिलाले १६ दिनकी छोरीलाई शाम त्सेङको फुटब्रिजबाट समुद्रमा खसालेकी थिइन्। सोही आरोपमा त्यहाँको समाज कल्याण विभागले उनलाई २ वर्षका लागि जेल सजाय सुनाएको थियो।

लुङ नाम गरेकी ती महिला गार्जेनिङ कम्पनीकी सीईओको निजी सचिवको रूपमा काम गर्थिन्। गर्भवती रहेकी उनले मितिभन्दा ६ दिनअघि फेब्रुअरी १६ मा ती महिलाले शल्यक्रियाद्वारा बच्चा जन्माएकी थिइन्। ओमिक्रोनको कारण लकडाउन भएकाले उनी आफ्ना साथी, सहकर्मी र परिवारबाट टाढा थिइन्। त्यसै कारण पनि उनी डिप्रेसनको शिकार भएकी थिइन्।

गत महिना उनले मानसिक रूपमा विचलित भएको कारण शिशुको हत्या गरेको स्वीकार गरेकी थिइन्।

न्यायाधीश एस्थर तो ल्यापिङले फैसलामा सुत्केरीपछि श्रीमान्‌ले गर्नुपर्ने हेरचाहको महत्वलाई प्रस्ट्याउँदै डिप्रेसनलाई गम्भीर रूपमा लिन भनेकी छन्। 'शा छ मानिसहरूले पोस्टपार्टम डिप्रेसनलाई बढी ध्यान दिनेछन्, यसलाई हल्का रूपमा लिन सकिँदैन,' उनले भनेकी छन्। अगाडि उनले भनेकी छन्, 'बच्चा जन्माउँदा महिलाको शरीरमा आउने परिवर्तनबारे पतिहरूलाई जानकारी हुन जरुरी छ, प्रत्येक पतिलाई आफ्नी पत्नीलाई पोस्टपार्टम डिप्रेसन भएमा के के गर्ने भनेर सचेत गराइनुपर्छ।'

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .