सन् २०२२ मा हङकङबाट कूल ६० हजार बासिन्दा विदेशिएका छन्। यसले सहरको जनसंख्यामा ०.९ प्रतिशतको गिरावट ल्याउन मद्दत गरेको छ।
हङकङको जनसंख्या घटेको यो लगातार तेस्रो वर्ष हो।
गत वर्ष हङकङमा ३२ हजार ५ सय बच्चा जन्मिए। यो १९६१ मा तथ्यांक राख्न थालिएयताकै सबैभन्दा कम हो।
जनगणना तथा तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको आँकडाअनुसार हङकङको जनसंख्या ७३ लाख ३३ हजार २ सयमा झरेको छ।
२०२१ को अन्त्यमा ७४ लाख १ हजार ५ सय जनसंख्या थियो।
त्यस्तै गत वर्ष हङकङमा ६२ हजार १ सय मानिसको मृत्यु भयो। जसका कारण २९ हजार ६ सयले जनसंख्या घट्न पुग्यो।
त्यस्तै, ६० हजार जना विदेशिएका छन्। जबकि २०२१ मा ९ हजार ४ सय मात्र बाहिरिएका थिए। एससीएमपी
48
Shares
प्रतिक्रिया