हङकङमा डुंगा डुब्दा एक जनाको ज्यान गएको छ। दुई जनाको भने उद्धार गरिएको छ।
हङकङको पो तोइ र लाम्मा टापुबीच समुद्रमा माछा मार्ने डुंगा डुबेको थियो।
प्रहरीले शुक्रबार बिहान ६ः५१ बजे दुई टापुको बीचमा डुंग डुब्न थालेको सूचना पाएको थियो।
लगत्तै सरकारी उडान सेवाका हेलिकोप्टरहरु घटनास्थल पुगेका थिए। जसले सुरुमा डुंगामा रहेका एक व्यक्तिको उद्धार गरेका थिए।
त्यसपछि समुद्रमा बेहोस भेटिएका अर्का व्यक्तिको उद्धार गरियो।
तेस्रो व्यक्ति पछि फेला परे, उनलाई उपचारको आवश्यकता परेन।
बेहोस फेला परेका व्यक्तिलाई पामेला युडेर नेदरसोल इस्टर्न अस्पताल पुर्याइएको थियो।
अस्पतालले उनलाई मृत घोषित गरेको छ। एससीएमपी
66
Shares
प्रतिक्रिया