हङकङका राजनीतिकर्मी र सरकारी अधिकारीहरुलाई भेट्नुअघि अमेरिकी कूटनीतिज्ञले बेइजिङसँग अनुमति लिनुपर्ने व्यवस्था हटेको छ।
यसअघि हङकङस्थित अमेरिकी महावाणिज्यदूतले सार्वजनिक शैक्षिक संस्थानका प्रतिनिधिहरुलाई भेट्न समेत पूर्वअनुमति लिनैपर्ने व्यवस्था थियो।
त्यस्तो भेटघाटमा चीनको केन्द्रीय सरकारले दुई वर्षअघि पूर्वअनुमतिको प्रावधान राखेको थियो। अमेरिकाले चिनियाँ दूतहरुलाई त्यस्तै प्रतिबन्ध लगाएको बदलास्वरुप चीनले सो कदम चालेको थियो।
अब भने भेट्नका लागि अमेरिकी दूतले पाँच दिनअघि सूचना दिए पुग्ने भएको छ।
गत नोभेम्बरमा पूर्वअनुमतिको व्यवस्था बदलेर सूचना मात्र दिए पुग्ने व्यवस्था लागू गरिएको सोमबार अमेरिकी महावाणिज्यदूतावासका एक प्रवक्ताले जानकारी दिए।
‘अहिले जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयको नियमअनुसार महावाणिज्यदूतले स्थानीय सरकारका अधिकारीहरु, सरकारी शैक्षिक संस्थाका प्रतिनिधिसँग भेट्नुभन्दा पाँच दिनअघि विदेश मन्त्रालयको हङकङस्थित आयुक्तको कार्यालयमा सूचना दिनुहुन्छ,’ प्रवक्ताले भने। एससीएमपी
Shares
प्रतिक्रिया