कुकुर र बिरालोको मासु बेचेको आशंकामा हङकङको एउटा मासु पसलमाथि अनुसन्धान गरिएको छ। सरकारी अधिकारीहरुले सो पसलबाट परीक्षणका लागि मासु बरामद गरेका छन्।
कृषि, मत्स्य तथा संरक्षण विभागले खाद्य तथा वातावरण विभागसँग मिलेर बिहीबार सो पसलमा छापा मारेका थिए।
सो पसल याउ मा तेइमा अवस्थित छ। त्यहाँ कुकुर र बिरालोको मासु बेचिएको सूचना पाएपछि छापा हानिएको अधिकारीहरुले बताएका छन्।
‘अधिकारीहरुले पसलबाट शंकास्पद कुकर र बिरालोको मासु बरामद गरेका छन् र त्यसलाई परीक्षणका लागि पठाएका छन्। प्रमाणित भए मुद्दा चलाइनेछ,’ विभागका प्रवक्ताले भनेका छन्।
हङकङको कानुनले खाद्य वस्तुको रुपमा प्रयोग गर्न कुकुर वा बिरालोलाई मार्न पाइँदैन। त्यस्तै, तिनको मासु बेच्न र खान पनि पाइँदैन।
आरोप पुष्टि भए त्यस्ता व्यक्तिलाई ५ हजार हङकङ डलर जरिवाना र ६ महिनासम्मको जेल सजाय हुनसक्छ। एससीएमपी
Shares
प्रतिक्रिया