हङकङमा ९० वर्षीय वृद्धले श्रीमतीलाई घाइते बनाएर गरे आत्महत्या

अर्को एक जोडीले पनि गर्‍यो आत्महत्या
हङकङमा ९० वर्षीय वृद्धले श्रीमतीलाई घाइते बनाएर गरे आत्महत्या

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १०:५९, हङकङ

हङकङमा एक ९० वर्षीय वृद्धले श्रीमतीलाई दाउले हानेर घाइते बनाइ आत्महत्या गरेका छन्। अर्को एक घटनामा जोडीले नै आत्महत्या गरेका छन्।

सा तिनस्थित जाट मिन चुएन हाउजिङमा बुधबार एकाबिहानै ९० वर्षीय वृद्धले ७५ वर्षीया पत्नीलाई दाउ प्रहार गरेका हुन्। 

प्रहरी बिहान साढे ५ बजे घटनास्थल पुग्दा वृद्धा घाइते अवस्थामा फेला परेकी थिइन्। उनको प्रिन्स अफ वेल्स अस्पतालमा उपचार हुँदैछ।

वृद्ध भने भवनबाहिर अचेत भेटिएका थिए। उनले १३ तलामाथिको फ्ल्याटबाट हाम फालेको बताइएको छ।

ती वृद्धले आफ्नो निद्रा बिथोलिएको भन्दै पत्नीसँग झगडा गरेका थिए। त्यसपछि उनले दाउ प्रहार गरेका थिए।

बुधबार बिहानै स्युन वानस्थित अर्को एक पब्लिक हाउजिङबाट हाम फाली एक जोडीले आत्महत्या गरेको छ। बिहान सवा चार बजे ४६ वर्षीय पति र ४२ वर्षीया पत्नीले आत्महत्या गरेका हुन्। 

उनीहरु २१ औँ तलाबाट हाम फालेका थिए। घटनास्थलमै उनीहरुको मृत्यु भएको थियो।

यदि तपाईंको मनमा आत्महत्याको कुरा खेल्छ वा अरु कसैलाई त्यस्तो समस्या रहेको थाहा छ भने सहयोगका लागि हङकङमा यो नम्बरमा कल गर्नुहोस्ः +852 2896 0000

एससीएमपी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .