हङकङमा यौनकर्मी बन्न नमान्दा बन्दी बनाइएका दुई महिलाको उद्धार

हङकङमा यौनकर्मी बन्न नमान्दा बन्दी बनाइएका दुई महिलाको उद्धार

नेपालखबर
माघ २६, २०७९ बिहिबार १६:३२, काठमाडौँ

यौनकर्मी बन्न नमान्दा एक फ्ल्याटमा बन्दी बनाइएका दुई महिलाको हङकङ प्रहरीले उद्धार गरेको छ।  दुवै महिला थाइल्यान्डका नागरिक रहेको प्रहरीले बताएको छ।

उनीहरुलाई बन्दी बनाएको आरोपमा हङकङकी एक ५० वर्षीया महिलालाई प्रहरीले पक्रेको छ।

दुवै महिलालाई हङकङकी ती महिलाले रोजगारीको आश्वासन दिएर हङकङ बोलाएको प्रहरीको भनाइ छ।

‘उनीहरुलाई हङकङमा मसाजरको काम दिलाइदिने भनिएको थियो। त्यसपछि उनीहरु विमानमार्फत हङकङ आएका थिए।

एकअर्कासँग अपरिचित ती महिलाहरुलाई विमानस्थलबाट बेग्लाबेग्लै ल्याइएको थियो। उनीहरु याउ मा तेइस्थित टेम्पल स्ट्रिटमा रहेको एक फ्ल्याटमा पुर्याएको थियो। जहाँ उनीहरु मंगलबारको रात बसेका थिए।

बुधबार बिहान बाहिर निस्किँदा उनीहरुले ढोका बन्द गरिएको थाहा पाए।

‘उनीहरुलाई बाहिर निस्किने हो भने फ्ल्याटको भाडा तिर्न काम गर्नुपर्ने सर्त राखियो,’ प्रहरी स्रोतले भन्यो, ‘पीडितहरुलाई यौनकर्मीका रुपमा काम गर्न भनियो। तर, ती महिलाले अस्वीकार गरे।’

उनीहरुले थाइल्यान्डको महावाणिज्य दूतावाससँग गुहार मागेपछि घटना प्रहरीसम्म पुगेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .