हङकङ प्रहरीले पाल्तु जीवजन्तु पसलबाट चोरिएको कुकुरसहित एक जोडीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय पुरुष र उनकी गर्लफ्रेन्ड छन्।
सो कुकुर मङ ककस्थित पाल्तु जनावर पसलबाट चोरिएको थियो। योर्कसायर टेरिअर प्रजातिको २ महिनाको सो कुकुरको मूल्य २२ हजार हङकङ डलर पर्ने बताइएको छ।
मंगलबार राति २ बजे सिम सा सुइस्थित फ्ल्याटबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चोरीको आशंकामा उनीहरुलाई समातिएको छ। सो आरोप पुष्टि भए उनीहरुलाई १० वर्षसम्म जेल सजाय हुनसक्छ।
कुकुरको स्याहार राम्ररी गरेको देखिएको बताइएको छ।
कुकुर पसलमा फिर्ता गरिएको प्रहरीको भनाइ छ। गत बिहीबार राति सो कुकुर चोरी भएको थियो।
सीसीटीभी फुटेजमा राति साढे ९ बजेतिर एक महिलाले कुकुर चोरेको देखिएको थियो। एससीएमपी
24
Shares
प्रतिक्रिया