आइतबार राति हङकङको एक जेलमा कैदीहरुबीच झडप भएको छ। लान्ताउ टापुस्थित तोङ फुक सुधारगृहमा राति ९ बजे सो झडप भएको थियो।
झडप रोक्न रक्षकहरुले खुर्सानीको झोल प्रहार गर्नुपरेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन्।
‘घटनास्थलमा रहेका अधिकृतहरुलाई तत्काल झडप रोक्ने आदेश दिइयो। र, कैदीहरुलाई रोक्न खुर्सानीको झोल प्रहार गरियो,’ सुधार सेवा विभागले एक विज्ञप्तिमा भनेको छ।
सो घटनामा तीन जना कैदी घाइते भएका छन्। उनीहरुको अनुहार, हात र टाउकोमा चोट लागेको छ।
उनीहरुलाई जेलमै सामान्य उपचार गरिएको बताइएको छ।
विभागका अनुसार ती तीन व्यक्ति लुटपाट, सार्वजनिक स्थलमा हतियार लिएर गएको तथा लागूऔषध राखेको आरोपमा पक्राउ परेका थिए।
तोङ फुक सुधार गृहमा पुरुष कैदीहरुलाई मात्र राखिन्छ। जहाँ ९२५ कैदी अटाउँछन्। एससीएमपी
78
Shares
प्रतिक्रिया