मंगलबार हङकङको तापक्रम ह्वात्तै घट्ने भएको छ। सिंगो दक्षिणी चीनमा चलिरहेको चिसोको लहरका कारण सोमबार २० डिग्री सेल्सियस रहेको हङकङको तापक्रम मंगलबार राति १२ डिग्रीमा झर्ने भएको हो।
सोमबार उत्तरतिरबाट चिसो हावा बहने र अर्को दिन तापक्रम घट्ने मौसम अनुमान गर्ने अब्जर्भेटरीले जनाएको छ।
मंगलबार अधिकतम तापक्रम १७ डिग्री हाराहारी रहे पनि राति न्यु टेरिटोरिज क्षेत्रमा तापक्रम १२ डिग्रीमा झर्नेछ।
बुधबार त तापक्रम ९ डिग्रीमा पुग्ने जनाइएको छ।
दिउँसो र रातिबीच तापक्रमको अन्तर ज्यादा हुनाले रातिका लागि राम्रो बन्दोबस्त गर्न समेत अब्जर्भेटरीले सर्वसाधारणलाई आग्रह गरेको छ। एससीएमपी
24
Shares
प्रतिक्रिया