हङकङमा थला परेको रेस्टुराँ व्यवसायको नयाँ वर्षको पूर्वसन्ध्यामा रौनक फर्केको छ। कारोबारको स्तर महामारीअघिको हिसाबले ९० प्रतिशत हुन थालेको बताइएको छ।
तीन वर्षपछि मानिसहरु पहिलो पटक परिवार र साथीभाइसहित रेस्टुराँ जान थालेका छन्।
हङकङ फेडेरेसन अफ रेस्टुराँका अध्यक्ष साइमन वङले थुप्रै रेस्टुराँको व्यवसाय आकासिकएको बताए।
‘हङकङको क्याटरिङ उद्योगले शुक्रबार ३६ करोड र शनिबार ३८ करोडको कारोबार गर्ने अपेक्षा छ,’ उनले भने।
‘हङकङ खुला हुँदैछ। सेयरको भाउ बढ्दैछ। कन्जुमर सेन्टिमेन्ट बढ्दो छ। त्यसैले मानिसहरु आफ्नो खल्ती खुकुलो पार्दैछन्। रेस्टुराँ व्यवसाय महामारीअघिको तुलनामा ९० प्रतिशत फिर्ता भइसकेको छ। मानिसहरु खुसी छन्,’ उनले थपे।
नयाँ वर्ष मनाउन मुख्यभूमि चीनबाट थुप्रै मानिस हङकङ आएका छन्। एससीएमपी
156
Shares
प्रतिक्रिया