बन्द भएका हङकङका विद्यालयहरुमा आगामी सेप्टेम्बरदेखि देशभक्तिको कक्षा सञ्चालनको तयारी गरिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार नयाँ शैक्षिक सत्रबाट देशभक्तिबारे अध्ययन/अध्यापनको लागि प्याट्रिओटिक एजुकेसन सेन्टर स्थापना गर्न लागिएको हो।
शनिबार सेन्टरको उद्घाटन गर्दै हङकङ प्रमुख जोन लीले विद्यार्थीहरूलाई चीनको सही इतिहास र देशको इतिहास सिकाउने सुनिश्चित गर्न विद्यालयलाई सम्बन्धित अधिकारीले सहयोग गर्नुपर्ने बताए। उनले यस्ता शैक्षिक केन्द्रमा चीनको संस्कृति र मान्यताको वास्तविक इतिहास पढाइने बताए।
लीले युवाहरुलाई राष्ट्रिय हङकङको दीर्घकालीन समृद्धि र स्थायित्व कायम राख्ने र “एक देश, दुई प्रणाली” को स्थिर र दीर्घकालीन कार्यान्वयन सुनिश्चित गर्ने बाटोमा अघि बढाउनुपर्ने बताए।
बेइजिङ समर्थित हङकङ फेडेरेसन अफ एजुकेशन वर्कर्सले स्थापना गरेको शा टिनमा रहेको केन्द्रलाई बेइजिङको पनि समर्थन छ।
सेप्टेम्बरमा विद्यार्थी र शिक्षकका लागि पाठ्यक्रम सुरु गर्ने युनियनका अध्यक्ष वोङ काम–लेउङले बताए।
“केन्द्रले प्राथमिक र माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई लक्षित गर्नेछ। हामी शिक्षकहरूको लागि सान्दर्भिक पाठ्यक्रम र कुराकानी प्रदान गर्नेछौं, र विद्यार्थीहरूको लागि भ्रमण, अवलोकन र कार्यशालाको व्यवस्था गर्नेछौं”, उनले भने।
सरकारले तोकेको राष्ट्रिय शिक्षाको लक्ष्य हासिल गर्न यसले सहयोग पुर्याउने उनको भनाइ छ। ‘केन्द्रमा राष्ट्रिय संविधान र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय छन्,’ उनले भने ।
Shares
प्रतिक्रिया