हङकङमा फिजियोथेरापिस्टकोमा जान डाक्टरको सिफारिस चाहिने नियम परिवर्तन हुँदै

हङकङमा फिजियोथेरापिस्टकोमा जान डाक्टरको सिफारिस चाहिने नियम परिवर्तन हुँदै

नेपालखबर
साउन २, २०७९ सोमबार १०:४७, हङकङ

हङकङमा फिजियोथेरापिस्टकोमा जान डाक्टरको सिफारिस अनिवार्य चाहिने नियमबाट पछिल्लो समय बहस सुरु भएको छ। हङकङमा सरकार फेरिएसँगै यो बहसले पुनः स्थान पाएको छ। 

फिजियोथेरापिस्ट तथा बिरामीको अधिकारका अभियानकर्मीले डाक्टरको सिफारिस आवश्यक पर्ने नियम हटाउनाले बिरामीलाई सशक्त बनाउने र उनीहरूलाई उपचारमा छिटो पहुँच मिल्ने बताउँदै आएका छन्। त्यसका साथै प्राथमिक हेरचाह क्षेत्रलाई पुनर्जीवन प्रदान गर्ने उनीहरुको भनाइ छ। 

यद्यपि विशेषगरी हाडजोर्नीसम्बन्धी डाक्टरहरु भने यो प्रस्तावको विपक्षमा छन्। उनीहरुले यो व्यवस्था हटाउँदा  बिरामीको कुनै गम्भीर किसिमको स्वास्थ्य अवस्थाबारे पत्ता लाग्नमा ढिलाइ हुने र उनीहरुको स्वास्थ्यमा गम्भीर जोखिम निम्तिन सक्ने बताउँछन्। 

सन् २०१९ मा फिजियोथेरापिस्टले प्रस्ताव गरेको प्राथमिक स्वास्थ्य सेवा सुधार प्याकेजलाई अस्वीकृत भएको थियो। त्यसयता यी दुई पक्षबीच यस विषयमा निरन्तर बहस हुँदै आएको छ। 

गत वर्ष हङकङकी पूर्व प्रमुख क्यारी लामले नीतिगत प्रस्तावमा पनि फिजियोथेरापीलागायतका व्यावसायिक स्वास्थ्य सेवाको लागि डाक्टरको सिफरिस आवश्यक नपर्ने नियम आवश्यक रहेको उल्लेख गरेकी थिइन्। यसले पनि यो बहसलाई सतहमा ल्याएको थियो। पुरानो व्यवस्थाले मानिसहरुले आवश्यक उपचार पाउनमा ढिलाइ हुने गरेको क्यारी लामको भनाइ थियो। 

एक कार्यसमितिको आन्तरिक बैठकमा विपक्षी पक्षले पनि बिरामीले फिजियोथेरापिस्टको लागि डाक्टरको सिफारिस लिनुपर्ने विषयलाई प्रमुख मुद्दा बनाएका थिए। 

हालसालै, सहरको नयाँ प्रशासनले प्राथमिक हेरचाह सुधारको योजना अघि बढाउने संकेत गरेको छ। जसअनुसार जसमा फिजियोथेरापिस्ट, पेशागत चिकित्सक र रेडियोग्राफरलाई समेत समेटेर अध्यादेश आउन सक्छ। 

स्वास्थ्यमन्त्री लो चुङ–माउले सुधारको खाका तयार भएको र यस वर्षको अन्त्यमा मात्र प्रकाशित हुने बताएका छन्। ऐन संशोधन अक्टोबरमा संसदीय परिषद्मा जाने अपेक्षा छ।

यो सुधारलाई स्वागत गर्दै हङकङ फिजियोथेरापी एसोसिएसनका अध्यक्ष प्रोफेसर मार्को पाङले आगामी दिनमा यसले प्रत्यक्ष पहुँचको माग बढ्ने अपेक्षा गरे।

विशेषगरी लङ कोभिडको लक्षण देखिएका मानिसलाई यसले सहयोग पुर्‍याउने उनको भनाइ छ। चिकित्सकहरुले भने प्रत्यक्षरूपमा फिजियोथेरापिस्टकोमा जाँदा विशेष सावधानी अपनाउनु जरुरी रहेको बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .