हङकङ मामिला हेर्ने बेइजिङका अधिकारी र हङकङमा हालै भएको लेगको निर्वाचनमा चुनिएका सांसदहरुबीच भेटवार्ता भएको छ। ऐतिहासिकरुपमा हङकङमा बेइजिङका अधिकारी र सांसदहरुको बीचमा वार्ता भएको हो।
हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङले बुधबार सांसदहरुलाई भेटेर कार्यकारी शाखासँग राष्ट्रिय सुरक्षाको संरक्षण गर्दै सहकार्यको लागि आग्रह गरेका छन्।
२० सांसदहरुसँगको बैठकमा बाओलोङले पछिल्लो केही वर्षमा हङकङ ‘चीनविरोधी अवरोधकर्ता’को स्थलको रुपमा देखिएको तर गत मार्चमा नयाँ निर्वाचन प्रणाली आएसँगै हङकङ सही लयमा फर्किएको बताएका छन्।
लेगको निर्वाचनले हङकङमा देशभक्त सांसदहरु छानिएको बोओलोङको भनाइ छ। यसअघि हङकङको संसद संविधान, राष्ट्रिय सुरक्षा र स्थानीय सरकारका कार्यकारी व्यवस्थालाई चुनौती दिने स्थल बनेको उनको भनाइ छ।
उनले बेइजिङले हङकङका सांसदहरुबाट पाँच कुराको अपेक्षा राखेको बताएका छन्।
सबैभन्दा पहिला उनीहरु देशभक्त हुनुपर्ने र उनीहरुले राष्ट्रिय सुरक्षाको रक्षा गर्नुपर्ने, स्थानीय सरकारको मोडलको रक्षा गर्नुपर्ने र मानिसहरुको सच्चा प्रतिनिधि बन्नुपर्ने उनको भनाइ छ।
त्यस्तै उनले हङकङका सांसदमा इमानदारी र एकता पनि चाहेको बताएका छन्।
बाओलोङले हङकङको संसदीय शक्ति केन्द्र सरकारले दिएको र यस विषयमा हस्तक्षेपको अधिकार पनि केन्द्र सरकारलाई भएको बताएका छन्।
Shares
प्रतिक्रिया