हङकङका लागि अमेरिकी दूतको समलिंगी जोडीलाई पुत्रलाभ

हङकङका लागि अमेरिकी दूतको समलिंगी जोडीलाई पुत्रलाभ

नेपालखबर
पुस २१, २०७८ बुधबार १९:५०, काठमाडौँ

हङकङका लागि अमेरिकाकी महावाणिज्यदूत र उनका पतिले छोरा जन्माएको जनाएका छन्। समलिंगीको जोडीको घोषणासँगै हङकङमा समलैंगिक परिवारमैत्री कानुन बनाउनुपर्ने आवाज उठेको छ।

‘हाम्रो छोरा जुलियन ह्यान्सकम लु स्मिथ जन्मेको घोषणा गर्न पाउँदा एरिक र म गौरवान्वित छौँ,’ अमेरिकी महावाणिज्यदूत ह्यान्सकम स्मिथले बुधबार फेसबुकमा परिवारको फोटो राख्दै लेखेका छन्, ‘हामी अभिभावक बन्न पाउँदा खुसी छौँ। हङकङ फर्किने र जुलियनलाई नयाँ घर लैजाने समयको प्रतीक्षामा छौँ।’

सन् २०१६ मा सांघाईका लागि अमेरिकाको महावाणिज्यदूत हुँदा स्मिथले ताइवानका यिङ सुङ लुसँग विवाह गरेका थिए। उनको समलिंगी विवाहले चीनमा ठूलो चर्चा पाएको थियो। 

चीन र हङकङमा समलिंगी विवाहलाई मान्यता दिइँदैन। 

पिंक अलायन्स नामक एलजीबीटीक्यू अधिकार समूहका प्रमुख जेरोम याउ मिङले महावाणिज्यदूत दम्पतीको पुत्रलाभबाट आफूहरु खुसी भएको बताए।

‘समलिंगी जोडीले परिवार हुर्काउँछ। यदि हाम्रो समाजले साँच्चै पारिवारिक मूल्यमान्यतालाई प्रेम गर्छ भने समलिंगी जोडीलाई पनि समान व्यवहार गरिनुपर्छ,’ उनले भने।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .