हङकङमा प्रजातन्त्र पक्षधर नेतृलाई थप १० महिनाको जेल सजाय

हङकङमा प्रजातन्त्र पक्षधर नेतृलाई थप १० महिनाको जेल सजाय

नेपालखबर
पुस २१, २०७८ बुधबार ८:१९, काठमाडौँ

हङकङकी प्रजातन्त्र पक्षधर नेतृ चाउ हेङ तुङलाई थप १० महिनाको जेल सजाय सुनाइएको छ। सन् १९८९ को तियानमेन स्क्वायरको दमनको सम्झनामा सन् २०२० र २०२१ मा प्रतिबन्धित सभा गरेको अरोपमा उनी दोषी ठहर भएकी हुन्। 

चीनमा निकै संवेदनशील मानिने यो सभामा मानिसहरुलाई निमन्त्रण दिएर मैनबत्ती बालेको आरोपमा उनलाई हङकङको अदालतले १५ महिनाको जेल सजाय सुनाइएको हो।  

यद्यपि अहिले जेलमा रहेकोमध्ये पाँच महिना यही सजायमा गणना हुने भएकाले यसअघि सुनाइएको सजायभन्दा १० महिना बढी समय जेलमा बस्नुपर्ने हुन्छ।

यसअघि उनलाई सन् २०२० को सोही सभा आयोजना गरेको आरोपमा अदालतले १२ महिनाको जेल सजाय सुनाएको थियो। 

हङकङले पछिल्लो दुई वर्षमा कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै यो सभामा रोक लगाएको थियो।

सरकारले रोक लगाए पनि ठूलो संख्यामा मानिसहरु यो सभामा भेला भएका थिए। यसअघि यही मुद्दामा मिडिया सञ्चालक जिम्मी लाई पनि दोषी ठहर भएका थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .