हङकङमा प्रेस स्वतन्त्रता निमिट्यान्न पारेको आरोपको क्यारी लामले गरिन् खण्डन

हङकङमा प्रेस स्वतन्त्रता निमिट्यान्न पारेको आरोपको क्यारी लामले गरिन् खण्डन

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७८ मंगलबार १३:२१, काठमाडौँ

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले प्रेस स्वतन्त्रता निमिट्यान्न पारेको आरोपको खण्डन गरेकी छिन्।

हङकङको प्रजातन्त्र पक्षधर सिटिजन्स न्युजले सुरक्षाको कारण देखाउँदै आफ्नो प्रकाशन बन्द गर्ने निर्णय गरेसँगै हङकङमा प्रेस स्वतन्त्रता निमिट्यान्न भएको आरोप लागेको हो।

यसअघि हङकङमा स्ट्यान्ड न्युजको कार्यालयमा राष्ट्रिय सुरक्षा प्रहरीले छापा मारेर ७ जना मिडियाकर्मीलाई पक्राउ गरेको थियो। 

‘आज बिहान मैले अनलाइन मिडिया बन्द भएको कारण हङकङमा प्रेस स्वतन्त्रता निमिट्यान्न हुन सक्ने किसिमका समाचार पढेको थिएँ। म यस्ता आरोप स्वीकार्न सक्दिनँ’, उनले भनिन्। 

सिटिजन न्युजले आइतबार मिडिया बन्द गर्ने घोषणा गर्दै हङकङमा मिडियाको वातावरण बिग्रिँदै गएको बताएको थियो। बेइजिङले हङकङको प्रेस स्वतन्त्रता कायम राख्न सहयोग गर्ने र त्यसको सम्मान गर्ने बताउँदै आएको छ।

यद्यपि हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन ल्याएपछि भने पश्चिमा मुलुकले बेइजिङमाथि प्रजातन्त्र र स्वतन्त्रता खोसेको आरोप लगाउँदै आएका छन्। 

बेइजिङले भने राष्ट्रिय सुरक्षा कानुनले हङकङमा स्थायित्व ल्याउने बताउँदै आएको छ।

सन् २०१९ मा भएको ठूलो आन्दोलनपछि अस्थिर बनेको हङकङको माहोल सुधार्न यो कानुन आवश्यक रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .