हङकङको स्वतन्त्रता पक्षधर अनलाइन पोर्टल सिटिजन न्युज मंगलबारदेखि बन्द हुने भएको छ।
सिटिजन न्युजले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘संकटको समयमा सबैको सुरक्षालाई ध्यानमा राख्दै’ आफ्नो सेवा बन्द गर्न लागेको उल्लेख गरेको छ।
यसअघि गत बुधबार हङकङको अर्को स्वतन्त्रता पक्षधर अनलाइन स्ट्यान्ड न्युजमा राष्ट्रिय सुरक्षा प्रहरीले छापा मारेको थियो। सो क्रममा ७ जना मिडियाकर्मी पक्राउ परेका थिए।
सोही दिन स्ट्यान्ड न्युजले आफ्ना सबै कर्मचारी हटाउँदै सेवा बन्द गरेको थियो। आइतबार सिटिजन न्युजले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो समय अनलाइन हङकङमा आफ्नो सेवा प्रदान गर्ने क्रममा ठूला अवरोधहरुको सामना गर्नुपरेको उल्लेख गरेको छ।
साथै पछिल्लो केही वर्षमा हङकङमा सञ्चारमाध्यमहरुको अवस्था बिग्रिएको र यसले आफूहरुको विश्वास विना कुनै अवरोध प्राप्त हुने सम्भावना सकिएको सिटिजन न्युजले उल्लेख गरेको छ।
‘आँधीको आँखामा बेइजिङ बसेको छ र हाम्रो सानो ढुङ्गा विशाल सागरमा (लडखडाएको) छ। हामीले यो संकटको अवस्थामा सबैलाई सुरक्षित राख्नुपर्छ’, पोस्टमा भनिएको छ।
यसअघि हङकङमा स्वतन्त्रता पक्षधर एप्पल डेल्ली पत्रिका बन्द भएको थियो। यो पत्रिकाका मालिक जिम्मी लाई ची–यिङ र अन्य ६ शीर्ष कर्मचारीलाई देशद्रोहको मुद्दा चलाइएको थियो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ पत्रकार संघ (एचकेजेए) र सिटिजन न्युजलाई हालै मात्र अर्को महिना आउँदै गरेको लुनार फेस्टिबलभन्दा पहिला कारबाही सुरु गरिने चेतावनी दिइएको थियो।
Shares
प्रतिक्रिया