संयोगले यस वर्ष अंग्रेजी नयाँ वर्ष २०२२ सुरुवातकै दिन परेको गुरुङ समुदायको नयाँ वर्ष ‘ल्होसार’ मकाउमा पनि भव्यताका साथ मनाइएको छ।
गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको आयोजनामा शनिबार ल्होसार मनाइएको हो।
मकाउस्थित टाउन्स वेल रेस्टुरेन्टमा कार्यक्रम आयोजित समाराेहमा गुरुङ समुदायले गाई बर्गलाई बिदाइ गरेर ‘तो ल्हो’ बाघ बर्गलाई स्वागत गरेका हुन्।
‘ल्हो’ को अर्थ बर्ग, समय वा चक्र हो, जसको सांकेतिक स्वरूप जनावरको हुने गर्दछ। कूल १२ वटा ल्हो छन्।
कार्यक्रममा गैरआवासीय नेपाली संघ मकाउलगायत आधा दर्जनभन्दा बढी संघसस्थाका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा शुभकामना आदानप्रदानका साथै जातीय वेशभूषा, मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।
लीलबहादुर गुरुङ ‘गोरा’ को अध्यक्षतामा आयोजित कार्यक्रममा एनआरएनए मकाउका पूर्वअध्यक्ष पूर्णबहादुर गुरुङले संस्थाको भूमिकाबारे प्रस्ट्याएका थिए भने सस्थाका संरक्षक सदस्य त्रिलोक गुरुङ र दिलीप सिहं गुरुङले पठाएका शुभकामना सन्देश डिस्प्ले गरिएको थियो।
नेपालमा गुरुङ, शेर्पा, तामाङलगायत समुदायले क्रमशः पुस, माघ र फागुनमा ‘ल्होसार’ मनाउछन। पछिल्लो समय प्रवासमा रहेका उक्त समुदायहरुले पनि हर्षोल्लासका साथ ल्होसार मनाउने गरेका छन्।
Shares
प्रतिक्रिया